२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उम्मेदवारी फिर्तापछि बाबुरामको प्रतिबद्धता : 'देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्छु'

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ताको घोषणापछि उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

उनले विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

गोरखा २ मा एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट