काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाहरुका आधारमा निर्वाचनमा प्रतिष्पर्धा हुने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिष्पर्धा व्यक्तिले नभइ व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफुहरुले उठाएका मुद्दाहरुलाई घोषणापत्रले स्पष्ट पार्ने बताएका हुन् ।
यस पटकको निर्वाचनमा आवधिक निर्वाचन भन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र बिकसित गर्न खोजेको उनले बताए ।
पौडेलले कांग्रेसको नेतृत्वमा देश बनाउने गरि आफ्ना मुद्दाहरुलाई स्थापित गर्ने दावी गरे । त्यसैगरि उनले पार्टी सभापतिलाई मधेशमा उभ्याएर देश बिकासको सुरुवात गर्न चाहेको धारणा राखे ।
उनले पार्टी सभापति मधेशबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने बताए ।
प्रतिक्रिया दिनुहोस