काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गरेका छन् ।
काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । पार्टी कार्यालय सानेपामा आज सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गरेको पार्टी कार्यालयले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
प्रतिक्रिया दिनुहोस