काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी पश्चिम प्रतिनिधिसभा क्षेत्र नं। २ मा आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको पुष्टि गरेको छ ।
निर्वाचन आयोगमा दुई जनाको उम्मेदवारी परेपछि पार्टी सभापति गगनकुमार थापाले आयोगलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएका हुन् । सो निर्वाचन क्षेत्रबाट भीमबहादुर थापाले पनि उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले बिहीबार भीमबहादुर थापाको उम्मेदवारी कायम रहेको जानकारी गराएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो भने कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गराएका थिए ।
दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस