२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देशलाई बदल्ने गरि बदलिएको कांग्रेस चुनावमा होमिएको छ : सभापति थापा

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देशलाई बदल्ने गरि पार्टी निर्वाचनमा होमिएको बताएका छन् ।

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सबैको चाहना अनुसार नै कांग्रेस बदलिएर अघि बढेको भन्दै अब बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताए ।

उनले पार्टी एकढिक्का भएर निर्वाचन सहभागी हुन आह्वान समेत गरे । सभापति थापाले छोटो समयमा प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्दा केहि त्रुटिहरु भएको भन्दै आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने स्पष्ट पारे । उनले आफूहरु संस्थापक नेताहरुले सिकाएको बाटोबाटै अघि बढेको बताए ।

उनले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा नागरिकहरुको जोड रहेको भन्दै देश र राज्यलाई ठिक गतिमा चलाउने उल्लेख गरे । सभापति थापाले अन्य नेताहरुको निर्वाचन क्षेत्रमा भन्दा पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा परिचालन हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट