२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा तेह्रथुम पुगे

शनिवार , माघ १०, २०८२

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा तेह्रथुम पुगेका छन्। तेह्रथुमको म्याङ्लुङ देवीथान क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा शाहले रास्वपाका तर्फबाट तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीसँगै स्थानीय मतदातासँग अन्तरक्रिया गरेका हुन्।

झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका शाहले पूर्वी पहाडी जिल्लाहरूलाई केन्द्रमा राख्दै चुनावी अभियान सञ्चालन गरिरहेका छन्। यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुगेर पार्टीको नीति, एजेन्डा र चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै आएका छन्।

स्थानीय भेटघाटका क्रममा शाहले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिलाई प्राथमिकतामा राख्ने रास्वपाको धारणा प्रस्तुत गरेका थिए। साथै, उनले जनताको प्रत्यक्ष सहभागिताबाट राजनीति सुधार सम्भव हुने भन्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्।

रास्वपाका उम्मेदवार सुरेन्द्र कार्कीले पनि तेह्रथुमको विकास, रोजगारी र सेवा प्रवाहका विषयमा पार्टीको स्पष्ट योजना रहेको बताउँदै मतदातासँग समर्थनको आग्रह गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट