२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपासँगको एकताका क्रममा मैले कुनै पदको बार्गेनिङ गरेको थिएन : कुलमान घिसिङ

शनिवार , माघ १०, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफुले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफु रवि लामिछानेलाई सभापति र बालेन शाहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सहि नभएको बताएका हुन् ।

पार्टी व्यवस्थापनका बिषयमा आफुले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए । उनले सो समयमा समानुपातीक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दावी गरे । तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढि उम्मेदवार उठाउने प्रस्ताव आफुहरुले गरेको उनले बताए ।

उनले आफुले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने बिषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफु आश्चर्यचकित भएको उल्लेख गरे ।

घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गरे । आगामी चूनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट