२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ओखलढुंगामा एमालेकी लोकप्रिय उम्मेदवार अस्मिता थापाको विजयलाई कसैले रोक्न सक्दैन : यज्ञराज सुनुवार

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद यज्ञराज सुनुवारले ओखलढुंगाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी नेतृ अस्मिता थापा जिल्लाको हकमा युवा पुस्ताका बीचमा सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको दाबी गरेका छन् । सुनुवारले आज एक अपिल जारी गर्दै यस्तो बताएका हुन् ।

उनले सधैं एउटै व्यक्तिले अवसर पाउने कुरा एमालेजस्तो पार्टीमा असम्भव रहेको भन्दै हिजो एमालेले महत्वपूर्ण जिम्मेवारीमा पुर्याएका कतिपय व्यक्तिको कर्म र अभिव्यक्तिबाट भने आफूहरु अचम्मा परेको टिप्पणी गरेका छन् ।

अनेकौं षड्यन्त्रका बीच एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित रहेको पनि उनले दाबी गरेका छन् ।

यस्तो छ उनले जारी गरेको वक्तव्य :

सबैमा शुभ विहानी । नेकपा एमाले ओखलढुंगा यतिबेला आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा ऐतिहासिक विजयको लक्ष्य सहित अघि बढी रहेको छ । यतिबेला हाम्रो विजयी यात्रालाई रोक्न भित्र अनि वाहिरवाट अनेकन षड्यन्त्र भइरहेका छन् । हाम्रो पार्टीले यस निर्वाचनमा पहिलो पटक एक जना शशक्त महिला, युवा उम्मेदवार कमरेड अस्मिता थापालाई अघि सारेको सर्वविदितै छ। उहाँ, ओखलढुंगा जिल्लाको हकमा युवा पुस्ताका बीचमा सर्वाधिक लोकप्रिय उम्मेदवारका रुपमा हामीले बुझेका छौँ ।

यस बीचमा आफ्नो दायित्वलाई भुलेर नेकपा एमालेले हिजो महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याएको कतिपय ब्यक्तिवाट भएका कर्म र अभिव्यक्तिवाट हामी अचम्मित भएका छौँ । सधैं एउटै ब्यक्तिले अवसरहरु पाइरहने कुरा हाम्रो जस्तो पार्टीमा असम्भव छ। पार्टीले लिएको राष्ट्रियता प्रतिको चट्टानी अडान, लोक कल्याणकारी राज्यको परिकल्पना, देशको सन्तुलित विकास अनि सुशासन र ओखलढुंगाको विकासका लागि हामीले गरेको योगदानको विषयलाई स्थापित गर्दै सयौं कार्यकर्ताहरु हजारौं मतदाताको विचमा पुगी रहनुभएको छ।

निस्वार्थभावले खटी रहनुभएका सम्पुर्ण कमरेडहरुमा उच्च सम्मान ब्यक्त गर्दै कुनै भ्रम र होहल्लाबाट विचलित नभई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निवाचनमा आम ओखलढुंगावासी मतदातालाई इतिहास रच्ने कार्यमा सरिक हुन हार्दिक अनुरोध गर्दछु।अनेकौं षड्यन्त्रका विच नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट