२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सरकार हामीलाई दुःख दिन र अपमान गर्नतिर लाग्यो, निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : केपी ओली

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा प्रवेश गराउदै अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए । माथिबाट आदेश भन्दै आफुलाई सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै उनले आपत्ति जनाए ।

अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे । नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ ।

उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे । नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे ।

त्यसैगरी एमाले प्रवेश गर्दै अग्रवालले पुँजी बजारको सुरक्षित भविष्य सुनिश्चित गर्न नेकपा (एमाले) मा प्रवेश गरेको बताए । अग्रवालले पारदर्शी, सुरक्षित र लगानीमैत्री पुँजी बजारको माग गर्दै आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट