२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको हुँ, काठमाडौं–४ का मतदाताप्रति जीवनभर ऋणी रहने छु : गगन थापा

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ ।

सभापति थापाले काठमाडौं बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट नपुगेको उल्लेख गरे । कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उहाले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफु राष्ट्रिय नेता हुने धारणा राखे ।

आफु सो क्षेत्रमा निर्वाचित भए पाँच बर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफुले जनताको समस्या सुन्ने उल्लेख गरे ।

त्यस्तै सभापति थापाले युवाहरुको भावनालाई आत्मसाथ गर्न पार्टीमा परिर्वतनको प्रयास गरेको र सफल भएको बताए । अहिलको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमिकमजोरी भएपनि कुनै आर्थिक चलखेल नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट