२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पुरा

शनिवार , माघ १०, २०८२

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । आईतबार (भोली) विहान १० देखि ३ वजे सम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ ।

कोशी प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा हुने छ । निर्वाचनका लागि सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । कोशी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुँदैछ । खुल्ला तर्फको एक सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र महिला सदस्य पदका लागि निर्वाचन हुँदैछ । २ पदका लागि ४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट खुल्ला तर्फका कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध हुनु भएको छ । गठबन्धनबाट महिला र दलित दुवै पदमा एमाले उम्मेदवार रहेका छन् । महिलामा रोशनी मेचे र दलितमा सोम पोर्तेल रहेका छन् । नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेम सुन्दासले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६ जसपा नेपाल र राप्रपाका ४-४ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ४ र जसपा नेपालका १ सांसद छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका प्रदेश सभा सदस्य भक्ति सिटौला, नेकपाका सोलुखुम्वुको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, उदयपुरको लिम्बचुङबुङ गाउँपालिका अध्यक्ष मेजर राई, इलामको सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, एमाले रंगेलीका प्रमुख दिलिप बगडिया, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, श्रम संस्कृति पार्टीका सुनसरी धरानका प्रमुख हर्क साम्पाङ र भ्रष्टाचार मुद्धामा निलम्वित नेपाली कांग्रेसका झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको नाम मतदाता सूचीबाट हटाईएको छ ।

प्रदेश सभा सदस्य १ र स्थानीय तह प्रमुख–उपप्रमुख ७ जनाको नाम मतदाता सूचीबाट हटाउँदा कोशीको १८६ मतभार घटेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट