२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान

आइतवार , माघ ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी हुन् । उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन् ।

अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न उनले आग्रह गरिन् ।

मारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट