२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

सोमवार , माघ १२, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताका बारेमा छलफल भएको छ ।

त्यसक्रममा मन्त्री अर्यालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए ।

राजदूत अर्बमले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट