ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुंगाको मोलुङ गाउँपालिकाका दुई वडाध्यक्षसहित दर्जनौं प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश हुनेहरूमा एमाले जिल्ला लेखा आयोगका अध्यक्ष मोहन ढकाल, मोलुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमलबहादुर बानियाँ र वडा नम्बर ६ का वडा अध्यक्ष कमल तामाङ रहेका छन् ।
यस्तै, मोलुङ गाउँ कार्यपालिका सदस्यहरू भक्तबहादुर सुनुवार र धिरज नौभाज, एमाले जिल्ला कमिटी सदस्यद्वय सन्जय खत्री र सुमन दाहालले नेकपामा प्रवेश गरेका छन् । मोलुङ गाउँपालिका अध्यक्ष तोयानाथ काफ्ले पनि नेकपामा प्रवेश गरेका छन् ।
नेकपाको रामपुरमा भएको पालिकास्तरीय भेटघाट कार्यक्रममा काफ्लेको नेतृत्वमा दर्जनौं सक्रिय नेता तथा कार्यकर्ताहरू एकसाथ नेकपामा प्रवेश गरेको पार्टीका ओखलढुंगाको निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस