२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संशोधित ऐनको कार्यान्वयनः सर्लाहीमा आमाको नाममा पहिलो नागरिकता

मंगलवार , माघ २०, २०८२

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

“ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ”, प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, “योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।” यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनले बताए ।

संशोधन ऐनअनुसार आफूले दुई हप्ता पहिलादेख जिल्लाका २० वटै पालिकामा परिपत्र गरेको जनाउँदै प्रजिअ कँडरियाले सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको बताए ।

नागरिकता नभएकै कारण शिक्षा र सीप भएर पनि जागिर गर्न नपाएका, बैंक खातादेखि सिमकार्ड आफ्नो प्रयोग गर्न नपाएकाको समस्या अब समाधान हुने उनले विश्वास व्यक्त गरे ।

“आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको एउटा सन्तानले आफूलाई नेपाली करार गर्न गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण छ”, नागरिकता पाएपछि गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट