२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग संस्करण–५ सफलतापुर्वक सम्पन्न

सोमवार , जेठ २५, २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ । 

यहीँ जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । 

उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंकहरु, ३ वित्त कम्पनीहरु, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनीहरु र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति २०८३–०२–२२ गते शुक्रबार सम्पन्न भएको छ ।

पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाण्डौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएकाे थियाे । 

साथै सह–विजेता माछापुच्छ्रे बैंक लिमिटेडलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंक लिमिटेडका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राईम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जित्न सफल भएका छन् । साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लि.ले जित्न सफल भएको छ ।

बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण ५ का सम्पुर्ण प्रायोजकहरु, सहभागी सम्पुर्ण टिमहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति–संस्थाहरुलाई आभार व्यक्त गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट