logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • क्रिकेट खेल मैदान निर्माण गर्न तत्कालै बजेट छुट्याउनुपर्छ: डा. चन्द्रकान्त भण्डारी

    क्रिकेट खेल मैदान निर्माण गर्न तत्कालै बजेट छुट्याउनुपर्छ: डा. चन्द्रकान्त भण्डारी

    1.3K
    Shares
    क्रिकेट खेल मैदान निर्माण गर्न तत्कालै बजेट छुट्याउनुपर्छ:  डा. चन्द्रकान्त भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

    सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढाउन सक्नुपर्ने बताए ।

    उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए । उनले बुद्धको जन्मस्थल लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

    सांसद भण्डारीले भने, ‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊ ने तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझनु पर्छ । यसलाई हामीले पाठ्यक्रममा राखि दिऊ । यिनीहरुको बारेमा विश्वविद्यलाय बनाउनू । अझ माउन्टेन्ट चढने कुराका लागि विश्वविद्यालय बनाई दिउत । कहाँ–कहाँका व्यक्तिहरु आउँछन । लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस । बच्चा जन्माउने ठूलो हष्पिटल बनाई दिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन । के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समय अनुसार चल्न सकेनौ कि । समय बुझेनौ कि ? मल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन । ’

    सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटक–पटक दोहो¥याए । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने स्मरण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend