२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मलेसियामाथि शानदार जित निकाल्दै नेपाल बन्यो समूह विजेता

बिहिवार , जेठ २१, २०८३

काठमाडाैं । सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध शानदार जित निकालेको छ । 

आज भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो ।  मलेसियाले पनि यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेको छ । 

२७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनायो । मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, सरभिन मुनिएन्डीले १८ रन, ओपनर मुहम्मद हजिक एमानले १३ रन बनाए । 

बलिङमा नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले आज ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक–एक विकेट लिए । 

त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २७५ रनबनाएको थियो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले मलेसियाविरुद्ध ५४ बलमा १४ चौका र ८ छक्का सहयोगमा १२६ रन बनाए । 

आशिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रन बनाए । 

मलेसियाका लागि विरनदिप सिंहले तीन विकेट लिए । सयाद अजिज र विजय युन्नीले समान दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट