२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मोरङ रंगेली: ससुराली पुगेर श्रीमती हत्या पछि श्रीमानद्वारा आत्महत्या

मंगलवार , माघ २०, २०८२

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा मंगलबार बिहान एक युवकले पत्नीको हत्या गरेपछि आफैं आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली पुगेका थिए र त्यहाँ २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए। अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको छ।

श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए र उनी पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी घटनाको विस्तृत कारण र पृष्ठभूमि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट