२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बुढानीलकण्ठको चुनीखेलमा आगलागीः तीन घण्टापछि नियन्त्रण, २४ परिवार विस्थापित

बुधवार , माघ २१, २०८२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–३ स्थित चुनीखेलमा मंगलबार राति लागेको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति करिब ११ बजे सुरु भएको आगो सुरक्षाकर्मी र दमकलको सहयोगमा सवा १ बजेतिर निभाइएको हो ।

बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी हुँदा २४ कोठा बराबरका टहरा पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीको क्रममा ७ जनाको सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।

काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । टहरामा विभिन्न जिल्लाबाट आएका मानिसहरू भाडामा बसेका थिए । आगलागीपछि उनीहरू विस्थापित भएका छन् ।

विस्थापितलाई नजिकैका अन्य टहरामा अस्थायी रूपमा बसोबास गराइएको छ । आज उनीहरूलाई खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको छ ।

प्रारम्भिक रूपमा विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट