२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ललितपुर-२ मा जगदीश खरेललाई अघिल्लो चुनावका उपविजेता बनेका सुदिन शाक्यको समर्थन

बुधवार , माघ २१, २०८२

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा राजनीतिक परिदृश्य थप रोचक बन्दैछ । अघिल्लो निर्वाचनमा करिव ९ हजार मत प्राप्त गर्दै उपविजेता बनेका डा. सुदिन शाक्यले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई आफ्नो समर्थन दिने घोषणा गरेका छन् ।

डा. शाक्य अघिल्लो निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका थिए र व्यक्तिगत लोकप्रियताका कारण मतदातामा विशिष्ट पहिचान बनाएका थिए । उनले कुल ८,८८६ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ८,६६६ मत प्राप्त गरेका थिए ।

मेडिकल डाक्टर समेत रहेका शाक्य आफ्नो स्वास्थ्य र जनसेवा क्षेत्रमा योगदानका कारण परिचित छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेका प्रेम बहादुर महर्जन विजयी भएका थिए, उनले १५,०२५ मत प्राप्त गरेका थिए । शाक्य त्यसपटक उपविजेता बनेका थिए ।

हालै शाक्य र खरेलबीच भएको भेटमा डा. शाक्यले यसपटक खरेललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूले यस कदमले खरेलको जितको सम्भाव्यता अझ बलियो बनाउने बताएका छन् । अघिल्लो तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवारको मत खरेलतर्फ सरेको खण्डमा यसले राजनीतिक समीकरणमा निर्णायक प्रभाव पार्ने छ । यस समर्थनले खरेललाई मतदातामा विश्वास र लोकप्रियता दुवै मजबुत बनाउन मद्दत गर्ने विश्लेषकहरूको भनाइ छ ।

ललितपुर २ को यो निर्वाचन केवल उम्मेदवारीको प्रतिस्पर्धा मात्र होइन, लोकप्रियता र व्यक्तिगत विश्वासको परीक्षा पनि बनेको छ । अघिल्लो चुनावका उपविजेता सुदिन शाक्यको समर्थनले खरेलको चुनावी यात्रा थप सहज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट