२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अर्बिट मेडिकल इन्ट्रान्स ब्रिटिस काउन्सिलको उत्कृष्ट साझेदार घोषित, लन्डनमा सम्मानित हुने

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत नेपालमा आइइएलटिएस प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएबापत अर्बिट मेडिकल इन्ट्रान्स प्रा .लि दुई विधामा उत्कृष्ट घोषित भएको छ  ।

बिहिवार काठमाडौँमा आयोजित उत्कृष्ट साझेदार घोषणा समारोहमा अर्बिट मेडिकल इन्ट्रान्स प्रा .लि कम्प्युटरमार्फत आइइएलटिएसका लागि बढी संख्यामा योगदान गर्ने संस्था र समग्रमा आइइएलटिएसका लागि बढी संख्यामा योगदान गर्ने संस्था गरी दुवै विधामा विजेता घोषणा गरीएको हो।

उत्कृष्ट घोषित संस्थाका अध्यक्ष सुनिल रेग्मीले आगामी मार्च २३–२७ मा लन्डनमा आयोजना हुने ग्लोवल च्यानल पार्टनर मिट–अप तथा अवार्ड समारोहमा सहभागी भई विश्वव्यापी सम्मान प्राप्त गर्ने भएका छन्।

उक्त समारोहमा अन्य विजेताहरू पनि घोषणा गरिएका छन्। बार्षिक रूपमा आइइएलटिएसका लागि प्रगति गर्ने संस्था विधामा केआइइसी लर्निङ सेन्टर प्रा .लिअक  राजेन्द्र रिजाल, तीव्र रूपमा विकास र उदयमान साझेदार विधामा द नेक्स्ट एडुकेसन कन्सल्टेन्सी प्रा .लिका   शालिकराम भण्डारी  र उत्कृष्ट कार्यसम्पादन गर्ने संघ विधामा नेपाल शैक्षिक परामर्श संघ–इक्यान  एन्ड्रयु पौडेल सम्मानित भएका छन्।

साथै एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस, आरटीसी इङलिस, युनी कन्सल्टेन्ट एलायन्स, बिर्तामोड एजुकेसन फाउन्डेसन, ग्रेस इन्टरनेशनल ग्रुप, एइसीसी ग्लोवल र सुमेधा एजुकेसन नेटवर्कलाई पनि उत्कृष्ट संस्थाका रूपमा कदर गरिएको थियो ।

ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी  कन्ट्री डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले आइइएलटिएस सञ्चालनका उच्च मापदण्ड कायम राख्न साझेदार संस्थाहरूको योगदान महत्वपूर्ण रहेको बताउँदै सम्मानित संस्थाहरूले विश्वस्तरीय गुणस्तर कायम गर्न प्रभावकारी भूमिका खेलेको उल्लेख गरिन्।

त्यस्तै काउन्सिलका बिजनेश डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीका  नेपालमा रहेका साझेदारहरूले आइइएलटिएसको पहुँच विस्तार गर्दै नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्ने चाहनालाई थप बल पुर्‍याएको बताए।

आइइएलटिएस उच्च शिक्षा र आप्रवासनका लागि विश्वकै लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षण प्रणाली हो, जसलाई विश्वभर १२ हजारभन्दा बढी संस्थाले मान्यता दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट