काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनपछि कुशासन र बेथीतीको सटर सधैका लागि बन्द हुने बताएका हुन् ।
बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार र मुद्दालाई वर्षौँसम्म अल्झाउने कामका साथै अन्य कुशासन र बेथितीको सटर सधैँका लागि बन्द हुने बताएका हुन् ।
उनले फागुन २१ गते भोट हाल्ने मात्रै नभइ इतिहास लेख्ने दिन भएको उल्लेख गरे । जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा मात्र अक्षरमा उल्लेख युगको अन्त्य अब रास्वपाले गर्ने भन्दै लामिछानेले जनताको माग र अधिकारलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अवस्था अव नेपालमा नचल्ने उनले बताए ।
लामिछानेले देशको राजनीतिक आशा आकांक्षालाई केन्द्रमा राखेर रास्वपा आएकाले देशको परिवर्तनका लागि सहभागी हुन आह्वान गरे ।
त्यस्तैै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताए । सुदूपश्चिमका जनताले आफुहरुलाई मत नदिएपनि सुदूरपश्चिमलाई देशसँग जोडेरै छाड्ने उनले बताए । उनले विपन्न गरिबले सहज रुपमा शिक्षा पाउनुपर्ने, विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्ने, बीस वर्षमा पनि नबन्ने बाटो डेड बर्षमा बन्नुपर्ने लगाएतका आफुहरुको एजेण्डा रहेको धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस, एमाले, माओवादीसहित सबै नेपाली जनता हिड्ने बाटो बनाउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस