काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
बुधबार पार्टी सभापति गगन थापाले जनकपुरमा आयोजित सभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारा दिइएको छ । भिजनमा पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता गरेको छ ।
प्रतिज्ञापत्रमा नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने उल्लेख छ ।
कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन :
१ कांग्रेसको भएर बाँच्ने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्कने नेपाल
पूर्णपाठ :
कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन :
प्रतिक्रिया दिनुहोस