काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
एमालेका अनुसार घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ ।
पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य घोषणापत्रमा समावेश गरिएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस