२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपाको चुनावी अभियान आज सुर्खेतमा : रवि र बालेनले घण्टाघरमा सम्बोधन गर्ने

बिहिवार , फाल्गुण ७, २०८२

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ। यसै क्रममा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा रास्वपाले आमसभा आयोजना गर्दैछ।​ सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

​हिजो मात्र सुदूरपश्चिमको धनगढीमा आयोजित विशाल आमसभा सम्पन्न गरी दुवै नेताहरू सुर्खेत आइपुगेका हुन्। सुर्खेतको घण्टाघरमा हुने आजको सभामा पनि ठुलो संख्यामा समर्थकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

सभापति लामिछाने र नेता शाहले देशका विभिन्न भागमा पुगेर जनतालाई 'परिवर्तनका लागि घण्टी' मा मतदान गर्न अपिल गरिरहेका छन्।

रास्वपाले यस पटकको निर्वाचनलाई 'नयाँ र पुराना शक्तिबीचको निर्णायक लडाइ' को रूपमा व्याख्या गर्दै आएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट