काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एभरेस्ट होटल बानेश्वरमा आयोजित कार्यक्रमबाट अध्यक्ष केपी शर्मा ओलीले बिहिबार एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली – राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोट गरेको छ । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ ।
त्यस्तै, एमालेले सुत्केरी पोषण भत्ता २० हजार पुर्याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने प्रतिबद्धता गरेकाे छ ।
पूर्णपाठ :
एमालेकाे चुनावी घोषणापत्र :
प्रतिक्रिया दिनुहोस