२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुर्खेतबाट रास्वपाले सार्वजनिक गर्यो चुनावी वाचापत्र [पूर्णपाठ]

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको सुर्खेतबाट चुनावी वाचापत्र सार्वजनिक गरेको छ।

सुर्खेतको घण्टाघरमा आयोजित परिवर्तन उद्घोष सभाबाट सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन्।

उपसभापति डा। स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरेका छन् ।

रास्वपाले यसअघि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करार पत्र सार्वजनिक गरेको थियो। करार पत्रमा दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठनलगायतका विषय समेटिएको छ।

वाचापत्रको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट