काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णालीको बिकासका लागि उत्पादनलाई कम्तीमा पनि देशभर पु-याउने पार्टी बन्न चाहेको बताएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै कर्णालीको दुखलाई बेच्ने नेता धेरै आएपनि दुख बुझ्ने नेता आउन नसकेकाले रास्वपा जनताको पार्टी बन्न खोजेको उनको भनाइ छ । उनले कर्णालीको प्रचुर सम्भावनालाई बृद्धि गर्नका लागि जनताको साथ प्राप्त हुने धारणा राखे ।
रास्वपाले सुर्खेतबाटै आज चुनावी वाचा पत्र समेत सर्वाजनिक गरेको छ । वाचा पत्र सार्वजनिक गर्दै रास्वपा सभापति रवि लामिछानेले बहुमतको स्थायी सरकार दिन नसके मुलुक अप्ठेरो ठाँउमा पुग्न सक्ने भएकाले यसको जिम्मा जनतालाई दिएको बताए ।
जनताले खोजेको बिकल्प रास्वपा भएकाले अब देश बनाउनका लागि जनताको साथ प्राप्त हुने उनको भनाइ छ । लामिछानेले रास्वपाले सरकार बनाएपछि गर्ने काममा जनताले आशंका गर्न नपर्ने दावी गरे ।
रास्वपाको वाचापत्रमा सहकारी बचतकर्ताहरुको पैसा फिर्ता गराउने र सहकारीका सबैै समस्याहरु दिर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाएको छ भने भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अभ्यास गर्ने र पार्टीको अनुशासन आयोगलाई थप बलियो बनाउने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस