काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
प्रतिज्ञा पत्रमार्फत कांग्रेसले विभिन्न भिजनहरू अघि सारेको छ । २०० पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ ।
२०४८ सालयता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
पूर्णपाठ :
घोषणापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :
प्रतिक्रिया दिनुहोस