बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गतेका लागि तय गरेको प्रदेशस्तरीय चुनावी सभा तत्कालका लागि स्थगित गरेको छ।
रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रबाट प्राप्त निर्देशनपछि सभा स्थगन गरिएको हो। पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता पुनः निर्धारण तथा रणनीतिक व्यवस्थापनका कारण कार्यक्रम रोक्नु परेको उल्लेख गरिएको छ।
सभाको तयारीस्वरूप पत्रकार सम्मेलन, प्रचार–प्रसार तथा स्टेज निर्माणका काम तीव्र रूपमा अघि बढिरहेका थिए। तर, गएराति दाङमा रास्वपा समर्थकहरूले एमालेको झण्डा जलाएको तथा एमाले नेतृत्वविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनापछि रुपन्देहीको सभा स्थगित गरिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस