काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन १० गते पोखरामा आयोजना गरिएको चुनावी सभा स्थगित गरेको छ । सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम थियो । तर विशेष कारणले हालका लागि सो कार्यक्रम स्थगित गरिएको रास्वपाले जनाएको छ ।
रास्वपाले भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १० (पोखरा) मा आयोजना गरिएको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’
प्रतिक्रिया दिनुहोस