२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देश र जनताका लागि इमान्दारीपूर्वक क्रियाशिल हुन्छु : रविन्द्र मिश्र

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर -१ का उम्मेदवार रविन्द्र मिश्रले आफु इमान्दारीपूर्वक देश र जनताका लागि क्रियाशिल हुने बताएका छन् ।

शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा घरदैलोका क्रममा मिश्रले देशमा धेरै नेताहरुले जनमतप्राप्त गर्न सफल भएपनि देशको अवस्था परिवर्तन हुन नसकेको भन्दै आफु इमान्दारीपूर्वक देश र जनताका लागि क्रियाशिल हुने बताएका हुन् । आफुलाई जनताले विश्वास गरे राम्रा बाहेक अन्य कुनै काम नगर्ने उनले बताए ।

मिश्रले अबको २०–३० वर्षपछिको नेपाललाई मनन गरेर देशको नीति निर्माण र कानुन बनाउन तथा देशभरिको महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसदका माध्यमबाट उजागर गर्ने धारणा राखे ।

त्यस्तै उनले जनतालाई खानेपानी, बिजुली, ढल, डुवान लगाएतका समस्या पर्दा त्यसलाई समाधान गर्न आफु स्वयं उपस्थित भएर समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट