२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मुलुकलाई जनअपेक्षा अनुसार अगाडी लिन र सुशासनको जगमा आर्थिक फड्को मार्न मेरो भूमिका रहन्छ : स्वर्णिम वाग्ले

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले मुलुकलाई जनअपेक्षा अनुसार अगाडी लिन र सुशासनको जगमा आर्थिक फड्को मार्न आफ्नो भूमिका रहने बताएका छन् ।

सुनौलो नेपालको निर्वाचन विशेष बहस 'अब तपाईं किन ?' मा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिले पुराना दलहरु रक्षात्मक बनेको र नयाँ दलप्रति जनतामा ठुलो आशा रहेको उनले बताए । आगामी चुनावपछि आफ्नो पार्टी नम्बर १ बन्ने पनि उनले दावी गरे ।

त्यस्तै, आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ का अपूरा एजेन्डाहरु स्थानीय रुपमा अगाडी बढाउने उनले बताए ।

कृर्षि, सिँचाई तथा यहाँ सम्भावना भएका क्षेत्रमा पनि जोड दिने उनले बताए । तनहुँ पर्यटन, राष्ट्रिय उर्जालगायत राष्ट्रिय आयकै मजबुत जग बन्ने ठाउँ भएको भन्दै यस्ता सम्भावनालाई राष्ट्रिय राजनीतिमा बलियो हैसियत बनाएर गएपछि पूरा गर्न सकिने उनले बताए ।

आफूलाई केही गरेर देखाउने इक्षा भएको र तनहुँमा अपूरा एजेन्डा पूरा गर्न पनि तनहुँ १ बाट आफ्नो उम्मेदवारी भएको उनले बताए ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=0g22GBdzTFQ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट