काठमाडौं । कास्की क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार तिलक रानाभाटले देश सुधार गर्ने उद्धेश्यले उम्मेदवार भएको बताएका छन् ।
सुनौलो नेपालले सञ्चालन गरेको निर्वाचन विशेष बहस 'अब तपाईं किन ?' मा बोल्दै उनले आफ्नो उम्मेदवारीबारे स्पष्ट पारेका हुन् । उनले भने, ‘नेपाली कांग्रेसले पार्टी सुधार्यौँ, अब देश सुधार गर्छौ भन्ने नाराका साथ चुनावमा आएका छौँ । त्यस मध्येको म पनि परेँ ।’
कार्यक्रममा बोल्दै रानाभाटले गर्नुपर्ने काम नगरिएको र नगर्नुपर्ने काम गरिएको भन्ने जनताको आक्रोशमा कांग्रेस पनि मुछिएकाले त्यसको सुधारका लागि नेपाली कांग्रेसले १ सय ६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको स्पष्ट पारे ।
नेपाल विद्यार्थी संघको आवद्धतादेखि अध्यापन र वकालत गर्दै कांग्रेस पार्टीमा सक्रिय भएका रानाभाटले न्यायलयले सुलभ तरिकाले दिनुपर्ने सेवाको अभाव देखिएको बताए ।
उनले आफ्नो क्षेत्रभित्रका समस्या बुझेर आवश्यकता अनुसार समस्याको सम्बोधन गर्न आफू लागि पर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस