२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

गगनले भनेः म हक खोज्न र काम गर्न सर्लाही आएको हुँ, मलाई एकपटक मौका दिनुस्

शनिवार , फाल्गुण ९, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौ थाहापाएर मात्र नहुने भन्दै आफू मधेस बुझ्न र मधेस जान्न सर्लाही आएको पनि बताए ।

ञनेपालको नेतृत्व गर्न पहाड र काठमाडौ थाहापाएर मात्र हुँदैन । मधेस पनि बुझ्नु पर्छ । म अहिले नेपालको नेतृत्व गर्न, मधेस बुझ्न र मधेसको हुन मधेस आएको हुँ । थापाले मतदाताको प्रश्नको जवाफ दिंदै भने ।

ञचुनाबको बेला घरघर देखिने अरुबेला नदेखिने सांसद देखि तपाइहरु थाक्नु भएको छ । तपाईं अब सांसद खोज्दै आउनु पर्दैन, म आफै आउछुँ, सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ, कुनैपनी अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नु भन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो उनले अघि थपे ।

सो क्रममा थापाले अब कांग्रेस नेतृत्वमा सरकार बनेपछि कुनै पनि नागरिकले कुनै पनि अस्पताल गएर उपचार गर्न खल्तिबाट एक रुपैयाँ तिर्नु नपर्ने अवस्था कांग्रेसले बनाउने बताए ।

किसानका समस्याका बारेमासमेत आफू जानकार रहेको भन्दै थापाले उखु किसानका समस्या बारे आफुले प्रधानमन्त्रीलाई जानकारी गराएको र छलफल भइरहेको जानकारी गराए ।

ञकाठमाडौ गएर प्रधानमन्त्रीलाई भेटेर उखुको बिषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो उनले भने ।

कांग्रेस सभापति थापाले आफ्नो क्षेत्र सर्लाही ४ लाई मधेशको एक नम्बर क्षेत्र बनाउने प्रतिबद्धता पनि दोहोर्याए ।

उनले हालै सर्लाही क्षेत्र नम्बर ४ मा इन्जिनियररिङ कलेज खोल्ने निर्णय गराएको र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भइसकेको पनि बताए ।

ञगगन थापाको क्षेत्रमा अब बाटो यस्तो रहँदैन, अस्पताल यस्तो रहँदैन, अहिले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा भन्न मिल्दैन, अहिले यतिमात्र भन्छु यहाँ सर्लाही क्षेत्र नम्बर ४ मा कुनै साथीले इन्जिनियररिङ कलेज खोल्ने निर्णय गर्नु भएको छ, र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भएको छ, थापाले थपे ।

उनले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताउँदै अगाडी थपे, मलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिडिदिनुस, २१ गतेपछि तपाइहरुको जिम्मा म लिन्छु ।

थापाले अगाडी थप्दै भने, तपाईंहरु घरघर गएर भन्दिनुस, के को एमाले ?, केको माओवादी ?, केको रास्वपा ? घर घर गएर भन्दिनुस, यो पटक कोही उम्मेदवार छैन, यो ठाउँको विकास गर्न गगन थापा आएको छ भनेर भनिदिनुस, यो त्यो छोडेर काम गर्ने जिम्मा मलाइ दिनुस, म हक खोज्न आएको हुँ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट