२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

झण्डा जलाएको र ओलीविरुद्ध असभ्य नाराबाजी गरेको विषयमा रास्वपालाई स्पष्टीकरण

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेकपा (एमाले) को झण्डा जलाएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको विषयमा स्पष्टीकरण सोधेको छ । दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टाभित्र जवाफ माग गरेको हो ।

दाङको घोराहीमा आयोजना हुने कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने चर्चाका बीच तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भीडमा एमालेको झण्डा जलाइएको थियो । सोही क्रममा उनीहरूले एमाले नेतृत्वविरुद्ध उग्र र असभ्य नाराबाजी समेत गरेका थिए ।

यसअघि दाङ प्रहरीले झण्डा जलाएको आरोपमा तुलसीपुरबाट तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा बुद्धिबहादुर बस्नेत, रमेश राना मगर र विक्रम परियार रहेका छन् ।

नेकपा (एमाले) ले आफ्नो झण्डा जलाउने र नेतृत्वको अपमान गर्ने कार्यको कडा विरोध गर्दै निर्वाचन आयोग र प्रहरीमा उजुरी दिएको थियो। निर्वाचन आचारसंहिता अनुसार कुनै पनि राजनीतिक दलको झण्डा, चिन्ह वा नेतृत्वको मानमर्दन हुने गरी गतिविधि गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट