२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

आफू नजित्ने देखेपछि रास्वपाले चुनाव भाँड्न खोज्दैछ : केपी ओली

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाले चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् । शनिबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले चुनाव नजित्ने देखेपछि रास्वपाले भाँड्न खोजेको र अनेकन हत्कन्डाहरू प्रयोग गर्न थालेको बताए । रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालिसकेको उनले बताए ।

रास्वपाले चुनाव भाड्नकै लागि अरूको झन्डा जलाउने, नानाथरी बखेडाहरू झिक्ने, असहज परिस्थितिहरू सिर्जना गर्ने गरेको उनले आरोप लगाए ।

निर्वाचन भनेको बलजफती गर्ने विषय नभएको ओलीको भनाई छ । उनले निर्वाचन नियम कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, स्वस्थ प्रतिस्पर्धा र शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्ने बताए । आफूले सधैँ शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्ने कुरा उठाइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट