काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका सन्दिप रानाले रेमिटान्सबाट चलेको देशलाई अब पर्यटनका माध्यमबाट माथि उकास्नु पर्ने बताएका छन् ।
सुनौलो नेपालले सञ्चालन गरेको निर्वाचन विशेष बहस ‘अब तपाई किन ?’ मा बोल्दै उनले अब एक नागरिक एक पर्यटक भित्र्याउने अभियान चलाउनु पर्ने बताए ।
उनले भने, ‘ पहिलो कुरा आफ्नो परिवारलाई खान पुग्ने अन्न हामीले आफ्नै देशमा उत्पादन गर्ने निती ल्याउनु पर्छ । दोस्रो रेमिटान्सको विकल्पमा पर्यटनलाई अगाडी बढाउनु पर्छ । यो दुबै कुरालाई हामीले अगाडी बढायौँ भने विदेशमा काम गर्न बाध्य भएका लाखौँ युवालाई हाम्रै देशमा रोजगारी सिर्जना गर्न सक्छौँ ।’
त्यस्तै, युवालाई स्वदेशमै रोक्न र आत्मनिर्भर बनाउन शिक्षामा पनि संस्कारसहितको शिक्षामा जोड दिनुपर्ने उनले बताए । उनले भने, ‘हामीले संस्कारसहितको शिक्षामा जोड दिनुपर्छ, हामीले माटो सुहाउँदो शिक्षा दिनुपर्छ । हाम्रो जस्तो कृर्षि प्रधान देशमा कृर्षि शिक्षामा बढी जोड दिनुपर्छ ।’
उनले विश्वभरी रहेका नेपालीलाई आफूले गरेको काम, सीप र अनुभवलाई स्वदेशमा आएर काम गर्न पनि आह्वान गरे । अहिलेको पीडीले स्वदेशमै दुख, कष्ठ गर्ने हो भने आउने पीडीले छाती फुलाएर संसारभरी घुम्न पाउने उनले बताए ।
भिडियो हर्नुहोस् :
प्रतिक्रिया दिनुहोस