काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरुले चूनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।
नेकपा (एमाले), नेपाली कांगे्रस, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका लागि बिभिन्न निर्वाचन क्षेत्रमा अभियानका साथ नै प्रचार–प्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।
राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्ना एजेण्डाका बारेमा जानकारी गराउदै मत मागिरहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।
निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस