२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै प्रचण्डको आपत्ति

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चूनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले चूनाव नहुने हल्ला र प्रचारका पछाडी नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल गरे ।

उनले निर्वाचनको मिति नजिकिदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हरकतहरूको केही अर्थ नरहेको स्पष्ट पारे । प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका बिषयमा दृढतापूर्वक अडिएको धारणा राखे ।

देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एकपटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको उनले बताए ।

उनले केहि दिन हावा हुरी आए जस्तो देखिए पनि हावा हुरी सधैँ नचल्ने कुरा जनताले बुझिसकेको जिकिर गरे ।

त्यस्तै प्रचण्डले अहिलेको कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतिर लैजाने संकल्पको साथ नेकपा खडा भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट