२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले चूनाव भाड्न खोज्यो : एमाले

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेकपा एमालेले चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले चूनाव भाड्न खोजेको आरोप लगाएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले बिभिन्न जिल्लाहरुमा दलहरुका झण्डा र चूनाव चिन्ह जलाउने, अशान्ति फैलाउने काम गरेर रास्वपाले चूनाव भाड्न खाजेको पुष्टि भएको आरोप लगाएको हो ।

एमालेले देशमा शान्ति सुरक्षा अमनचयन कायम हुन नसकेका कारण भयरहित वातावरणमा चूनाव हुनेमा अझै विश्वस्त हुन नसकेको जनाएको छ । चूनावका लागि सहज वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइएको एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले बताए ।

उनले अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिसर्टहरू होली पर्वको मौका छोपी वितरण गर्ने लगाएतका निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघनका घटनाहरु देखिएको बताए ।

आचारसंहिता उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदाशिनता र शैलिप्रति पार्टीको गम्भीर आशंका रहेको शाहीले उल्लेख गरे ।

त्यस्तै एमालेले सर्वेक्षणका नाममा जनमतलाई प्रभावित पार्ने गरि फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट