२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचनमा बहुमत नआए समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्छ : झलनाथ खनाल

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चूनावमा होमिएको भन्दै बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् । अवसरको खोजिका लागि प्रतिक्रियावादी शक्तिहरू मिलेर सरकार बनाउने प्रयास गरे वर्ग दृष्टिकोण समाप्त हुने उनले बताए ।

खनालले समाजवादका आधार तयार गर्नका लागि सडक र सदनबाट सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनले यसपटकको निर्वाचनपछि प्रतिपक्षीमा बस्नुपर्ने अवस्था आए अर्को निर्वाचनमा बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने बताए । तर सरकार बनाउने अवस्थामा व्यक्तिगत स्वार्थलाई ध्यान दिए पार्टीलाई नै सकिने अवस्था आउने उनले बताए ।

उनले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई सुदृढ गर्नको निम्ति आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट