२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राजनीतिक दलहरुले चूनावी घोषणापत्रका नाममा जनतालाई ढाट्ने काम गरे : घनश्याम भुसाल

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरुले चूनावी घोषणापत्रका नाममा जनतालाई ढाट्ने काम गरेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कव्जा गर्ने नियतका साथ राजनीतिक दलहरुले चूनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका छन् ।

यसअघि रेल, भ्यूटावर, पानी जहाजको कुरा गरेर जनतालाई ढाट्ने काम भएको भन्दै उनले यसपटक आगामी पाँच बर्षभित्र १७–१८ प्रतिशत आर्थिक बृद्धि गर्ने भनेर ढाट्ने काम भएको उल्लेख गरे । अघिल्लो बाचामा कसैले प्रश्न नगरेकै कारण फेरी त्यस्तै प्रवृति दोहरिएको उनको भनाइ छ । भुसालले नयाँ प्रतिवद्धता भन्दा पनि यसअघि ४० बर्ष हिडेको बिकासको बाटोमा पुनर्बिचार गर्नुपर्नेमा जोड दिए ।

उनले आसन्न निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बन्न पुगेको तर्क गरे । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाँदा समस्या लुकाउने काम मात्र भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट