काठमाडौँ, ९ फागुन । काठमाडौँको सिनामंगलस्थित बृजवाटर बिद्यालयले आज शनिबार विशेष उत्साह र गरिमामय वातावरणमा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
रोयल ब्याङ्क्वेटमा आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै सभ्य, व्यवस्थित र उल्लासमय वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय परिवार र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यालयका प्रशासन तथा लेखा प्रमुख राकेश साहले अभिभावकहरू विद्यालयका अमूल्य सहयोगी र मार्गदर्शक भएको उल्लेख गर्दै विद्यालयको समग्र उन्नतिमा उहाँहरूको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “अभिभावकहरू बिद्यालयका अमूल्य सहयोगी र मार्गदर्शक हुन् । विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र अभिभावकबीचको सहकार्य अत्यन्त आवश्यक छ । हामी अभिभावकहरूलाई सम्मान गर्छौं र उहाँहरूको निरन्तर सहयोगप्रति कृतज्ञ छौं ।”
कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरू रहेका थिए । साना कक्षादेखि माथिल्लो कक्षासम्मका विद्यार्थीहरूले मनमोहक नृत्य, मधुर गीत, नाटक, कवितावाचन तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए । नेपाली मौलिक संस्कृतिलाई झल्काउने लोकनृत्यदेखि आधुनिक प्रस्तुतीसम्मले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र प्रस्तुती कौशलले अभिभावकहरू भावुक तथा गर्वित बनेका थिए । धेरै अभिभावकहरूले आफ्ना सन्तानको प्रतिभा प्रत्यक्ष अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिएकोमा प्रशंसा गरेका थिए ।
अभिभावकहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।

कार्यक्रमका क्रममा अभिभावकहरूले विद्यालय व्यवस्थापनसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि पाएका थिए । यसले विद्यालय र अभिभावकबीच आपसी विश्वास र सहकार्य अझ सुदृढ भएको महसुस गरिएको थियो । विद्यालय प्रशासनले अभिभावकहरूको निरन्तर सहयोग, विश्वास र समर्थनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रम व्यवस्थापन, मञ्च सजावट, ध्वनि व्यवस्थापन, अतिथि सत्कारदेखि सम्पूर्ण सञ्चालन कार्य अत्यन्त व्यवस्थित रहेको सहभागीहरूले बताएका छन् ।
अन्त्यमा, विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको बहुआयामिक प्रतिभा प्रस्फुटन गराउनुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ ।
अभिभावक दिवस कार्यक्रम विद्यालयको वार्षिक क्यालेन्डरअन्तर्गतको एक महत्वपूर्ण कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस