२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

भण्डारीको घरफिर्तीले दोलखामा एमाले उत्साहित, नेता-कार्यकर्तासहित एमालेमा समाहित

सोमवार , फाल्गुण ११, २०८२

दोलखा । तत्कालीन नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा जिल्लाका संस्थापक कम्युनिस्ट नेता शिवप्रसाद भण्डारीसहित नेता–कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका पूर्व पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व जिल्ला सचिवसमेत रहेका भण्डारी नेतृत्वको टोली औपचारिक रूपमा एमालेमा समाहित भएको हो ।

दोलखाको कम्युनिस्ट आन्दोलनका पुराना तथा प्रभावशाली नेतामध्ये एक मानिने भण्डारीको पुनरागमनले एमालेभित्र उत्साह थपिएको स्थानीय नेताहरूले बताएका छन् ।

निर्वाचनको मुखैमा प्रभावशाली नेताहरूले दल परिवर्तन गरेपछि जिल्लाको चुनावी समीकरण प्रभावित हुने आकलन गरिएको छ । राजनीतिक वृत्तमा यस घटनाले आगामी निर्वाचन परिणाममा समेत प्रभाव पार्न सक्ने चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट