२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक छ : अध्यक्ष राई

सोमवार , फाल्गुण ११, २०८२

धरान (सुनसरी) । जनता समाजवादी पार्टी (नेपाल) का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताएका छन् ।

पार्टीको निर्वाचन परिचालन समिति, सुनसरी क्षेत्र नम्बर १ ले आज धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित हुन सक्ने हल्ला बाहिर सुनिएको भए पनि त्यस्तो कदम मुलुक र जनताको हितमा नहुने धारणा राखे ।

निर्वाचनपछि गठन हुने नयाँ संसद्ले जनताको ताजा ‘म्यान्डेट’सहित देशको नेतृत्व गर्ने उल्लेख गर्दै संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । अध्यक्ष राईले लोकतान्त्रिक प्रक्रियामा अवरोध आउन नदिन र दीर्घकालीन रूपमा देशलाई फाइदा पुग्ने सहमतिमूलक राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट