२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देश बनाउने सही पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको र देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गरेका हुन् ।

निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगायतको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरु र यसअघि गरेका धेरै योजनाहरुलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

आफूले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर बिजयी गराउने उनको दबी छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगाएतका उम्मेदवार रहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट