२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राप्रपा सुनसरीका उपाध्यक्ष अवध विहारी साहसहित ५६ जना कार्यकर्ता रास्वपामा प्रवेश

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीका उपाध्यक्ष अवध विहारी साहसहित ५६ जना कार्यकर्ता रास्वपा प्रवेश गरेका छन् ।

सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिका निवासी साहले रास्वपा उम्मेदवार ई. दीपककुमार साहलाई जिताउन भन्दै रास्वपा प्रवेश गरेका हुन् ।

आइतबार रास्वपाको निर्वाचन परिचालन सम्पर्क कार्यालयमा रास्वपाको कोशी प्रदेशका महामन्त्री लाल विक्रम थापा र सुनसरी ४ का उम्मेदवार दिपक साहले उक्त समुहलाई पार्टी प्रवेश गराएका हुन् ।

राप्रपा छाडेर रास्वपा प्रवेश गरेका उक्त समुहले दीपक जस्तो समाजसेवी र विकासप्रेमी उम्मेदवारलाई जिताउन आफू रास्वपा प्रवेश गरेको बताए । युवा उम्मेदवार साहको पक्षमा चुनावी माहौल बन्दै गएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट