२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

धर्म सस्कृति र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी छ : शेखर कोइराला

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र नं. ६ का प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् ।

कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए ।

कोइरालाले धर्म सस्कृति संस्कार र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए । उनले धर्म र सस्कृति माथीको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाई थियो ।

नेपाली कांग्रेस बुढिगंगा गाउँपालिकाको घरदैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृती, परम्पराको महत्त्व रहेको बताए ।

उम्मेदवार कोइरालाले धर्म संस्कृती संरक्षण कै लागी अहिलेको निर्वाचन अती महत्वपुर्ण भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट